अष्टलक्ष्मीलाई ओलीको प्रश्न- के आवश्यकता छ, फेरि पार्टी फुटाउन माधव नेपाल चाहियो ?

काठमाडौं , भदौ ३१ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन्।नेकपा एमालेले बिहीबार गरेको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधनका क्रममा नेता नेपालले नयाँ पार्टी खोलेर जनमत सिर्जना गर्न नसक्ने पनि उनले बताइन्।

योसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताएकी छन् । उनले नेता नेपाललाई एमालेमै फर्कन आग्रह गरेकी छन् । यता उनको यो भनाइ प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधवकुमार नेपाल आवश्यक नभएको बताएका छन् ।

उनले पार्टीमा गुटबन्दीमात्र गरेको बताए ।शाक्यले फर्किएर आउनुस् । सुदृढ एमाले बनाउनका लागि तपाईको भूमिका आवश्यक छ भनिरहँदा   शाक्यभन्दा पछाडि सम्बोधन गरेका अध्यक्ष ओलीले माधव नेपालको पार्टीमा काम नभएको बताएका हुन् ।

उनले भने, ‘हुन त केही साथीहरु अहिले पनि भन्नुहुन्छ, माधव कमरेड आउनुस् तपाईंको आवश्यकता छ । फेरि फुटाउन उहाँको आवश्यकता छ यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यकता छ माधव कमरेडको म बुझ्दिनँ ।’

माधव नेपालले पार्टीमा गुटबन्दी मात्र गरेको र साढे ३ वर्षमा सरकारको पक्षमा एक शब्द नबोलेको उनले बताए ।ओलीले माधव नेपाल छउञ्जेल पार्टीमा गुटबन्दीभन्दा बाहेक केही नभएको बताए।

‘माधव नेपालले तीन वर्षमा पार्टीको पक्षमा र सरकारको पक्षमा एक शब्द बोलेको कमरेडहरुले सुन्नुभयो? सरकारको आलोचना र विरोध प्रतिक्रियावादी भन्दा चर्को’, उनले भने।

यता अध्यक्ष ओलीले पुष्पकमल दाहाललाई एकीकृत पार्टी, ठूलो पार्टी नपचेको टिप्पणी गरे । उनले नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले एकीकृत पार्टी नै रुचाएकाले अब दाहाल गुटमात्रै अलग भएको बताए ।

ओलीले एमालेको भूमिकामात्रै परिवर्तन भएको तर शक्ति कम नभएको दाबी गरेका छन् । उनले एमालेको संगठनमा पनि केही फेरबदल नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्