एशियन लाईफ इन्स्योरेन्सद्वारा रु.१ करोड ८४ लाख मृत्यु दाबी भुक्तानी
काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कं.लि.ले बीमित गकुल महराको परिवारजनलाई रु. १ करोड ८४ लाख १४ हजार ५ सय ५८ मृत्यु दाबी वापत भुक्तानी गरेको छ ।
बीमितको श्रीमति निर्मला विष्टलाई कम्पनीको संचालक समितिका अध्यक्ष श्री दिपक कुमार श्रेष्ठ ज्यूले बुधबार कम्पनीको प्रधान कार्यालयमा एक कार्यक्रमबीच दाबी भुक्तानी वापतको चेक हस्तान्तरण गर्नुभएको हो । कम्पनीका संचालकद्वय श्री सजल मास्के, श्री अच्यूत राज सापकोटा, प्रमुख कार्यकारी अधिकृत श्री दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत श्री होम बहादुर श्रेष्ठ लगायतको उपस्थितिमा चेक हस्तान्तरण गर्नु भएको हो ।
चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष श्रेष्ठले विषम परिस्थितीमा जीवन बीमाले बिमितको आश्रित परिवारलाई ज्यादै महत्वपूर्ण सहयोग पु¥याउने धारणा व्यक्त गर्दै बीमितलाई छिटोछरितो जीवन बीमा सेवा र दाबी भुक्तानी दिने कार्यमा एशियन लाईफ इन्स्योरेन्स प्रतिबद्ध रहेको बताउनुभयो ।
स्वर्गिय महराले एशियन लाईफ इन्स्योरेन्स कम्पनीमा रु.७५ लाखको वार्षिक धनलाभ, रु.२५ लाखको दम्पत्ति सुरक्षा प्लस र रु.६ लाखको १५ वर्षे अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराउनुभएको थियो । कूल बीमांक रकम रु.१ करोड ६ लाख रुपैयाँमा दुर्घटना मृत्यु लाभ र बोनश रकम समेत जम्मा रु.१ करोड ८४ लाख १४ हजार ५ सय ५८ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरिएको हो ।
स्वर्गिय महराले बीमाशुल्क वार्षिक धनलाभ जीवन बीमामा रु.६ लाख १५ हजार १ सय ८८, दम्पत्ति सुरक्षामा ५ लाख ९३ हजार ७ सय ४५ र अग्रिम भुक्तानी सावधिकमा रु.२ लाख ९४ हजार ९ सय ६ रुपैयाँ समेत गरी जम्मा रु.१५ लाख ३ हजार ८ सय ३९ बीमाशुल्क बापतको रकम यस कम्पनीमा जम्मा गर्नुभएको थियो ।
सिन्धुपाल्चोकको मेलम्ची वडा नम्बर १० स्थायी घर भएका बीमित महराको ३३ वर्षको उमेरमा २०७८ जेठ १ गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्