संसद अवरोध जारी राख्न एमाले सांसदलाई ओलीको निर्देशन

काठमाडौं, भदौं २७ । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले संसदभित्र संसदीय मान्यतामा रहेर अवरोध जारी राख्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

उनले वेल घेर्न र नारा लगाउने काम नै प्रभावकारी हुने हुँदा मर्यादापालकले स्थान नै दिएनन् भने फरक कुरा नभए चर्का नारा पनि नलगाउन निर्देशन दिएका छन् ।

‘संसदीय मर्यादाभित्र फाल्तु नारा नलगाऔं’, उनले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै भने, ‘मर्यादा पालना गरौं । सभामुख आक्रामक भए चर्को नारा लगाउँदा हुन्छ । नारा लगाउने भन्दा बाहिर जानु हुँदैन । कतिपय साथीहरुले बोलेको कुरा पनि सुनें । माइक हान्ने योजना थियो । त्यस्तो थिएन । त्यस्तो कुरा मिडियामा बोल्नु हुँदैन । काँध चढेर माथि न जानुहोला ।’ उनले आफूहरुले मर्यादापालकको घेरा तोड्न नखोजेको पनि बताए । पछिल्लो समय एमालेले संसद अवरोध गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्