अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने
काठमाडौं, भदौ २५ । सरकारले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने भएको छ ।
शुक्रबार प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने जानकारी दिएका हुन् ।
अहिले टेलिभिजन, रेडियो, पत्रपत्रिकाले मात्र लोक कल्याणकारी विज्ञापन पाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्