तीन प्रकारका दीर्घरोगीलाई मासिक ५ हजार भत्ता, बजेट कटौती गरेर खोप खरिद गर्ने सरकारको घोषणा
काठमाडौं , भदौ २५ । सरकारले क्यान्सर, मिर्गौलासम्बन्धि गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।
आजको संसद बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत् गर्दै अर्थमन्त्री जनार्दन शर्माले यी तीन प्रकारका गम्भीर रोगका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।
यसैबीच सरकारले चालु आर्थिक वर्षको बजेटबाट चालु खर्चतर्फ बजेट कटौती गर्दै खोप खरिद गर्ने घोषण गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई बजेट अध्यादेश प्रतिस्थापन विधेयक मार्फत संशोधन गर्दै चालु खर्चतर्फ बैठक भक्ता, इन्धन, मर्मत, कर्मचारी तालिम, सिप विकास तथा जनचेतना तालिम र गोस्टी सम्बन्धी खर्च, अनुगमन मूल्याङ्कन खर्च, भ्रमण खर्च, र विविध कार्यक्रम खर्चमामा न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती गरेको अर्थमन्त्री शर्माले बताए ।
यसरी खर्च कटौती गर्दा तत्काल बचत हुने देखिएको ५ अर्ब कोभिड १९ खोप खरिदका लागि उपयोग गर्ने अर्थमन्त्री शर्माले बताए ।
त्यसैगरि सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने पनि घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।
यसअनुसार जनयुद्ध, जनआन्दोलन लगायतमा ज्यान गुमाएकाको परिवारले मासिक भत्ता पाउने भएका छन् । विगतदेखि नै नेकपा माओवादी केन्द्रले यस्तो व्यवस्था गर्न माग गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्