थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि , २१ को मृत्यु

काठमाडौं, भदौ २५ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ५४९ जनाको पीसीआर परीक्षणमा ९६१ र २ हजार ३६७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । यसैबीच हाल देशभर कोरोनाका सक्रिय संक्रमित २७ हजार ९५८ जना रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्