एमाले स्थायी कमिटी बैठक आज बस्दै, यी हुन् एजेन्डा
काठमाडौं, २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०को स्थायी कमिटी बैठक आज शुक्रबार बस्दैछ ।
दिउँसो ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा पार्टीको विधान महाधिवेशन, संसदको चालु अधिवेशनमा पार्टीको भूमिकालगायतका विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
एमालेले विधान महाधिवेशन ४ असोजदेखि काठमाडौंमा आयोजना गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी भइरहेको तामाङले बताए ।















प्रतिक्रिया दिनुहोस्