देउवा सरकारले राष्ट्रियता जोगाउन सकेन: अध्यक्ष ओली
काठमाडौं, भदौ २२ । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकार राष्ट्रियता जोगाउनबाट चुकेको आरोप लगाएका छन्।
पोखरामा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै उनले यस्तो आरोप लगाएका हुन् । नेपालको भूमिमाथि बिनाअनुमति भारतीय हेलिकोप्टर उडाइएको विषयमा मौन बसेको भन्दै आरोप लगाए।
‘नेपालको आकाशमा भारतीय हेलिकप्टर उडेको विषयमा सरकार मौन बस्यो, यो सरकारले राष्ट्रियता जोगाउन सकेन’, ओलीले भने। बेपत्ता जयसिंह धामीको परिवारलाई न्याय दिनबाट पनि सरकार चुकेको छ उनले भने ।
अफगानिस्तानबाट नेपाली उद्धार गर्न पनि सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाएका ओलीले भने, ‘अफगानिस्तानबाट नेपालीको उद्धार गर्नुपर्दैन रु तालिवानलाई फोन सम्पर्क गर्नुपर्दैन रु’
साथै ओलीले माधवकुमार नेपाललाई नेकपा एमालेसँग मुकाबिला गर्ने सपना नदेख्न चेतावनी दिएका छन् ।उनले कास्कीको पोखरामा आयोजित वृहत कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘मकहाँ आउँदा कोही भाइ त कोही छोरीवादमा कुद्ने, कामै गर्न नदिने’, आफू नेतृत्वको सरकारको स्मरण गर्दै भने, ‘विकास भन्ने चिजसँग रुची होइन वैरभाव छ । एमालेको विकासप्रेमी सरकार ढाल्न माधव नेपाल र प्रचण्ड नै लागे । माधव नेपालको प्युसो । उम्रिन पाएको छैन एमालेसँग मुकाबिला गर्ने सपना देख्छ १’
ओलीले एमाले समाप्त पार्न प्रदेशहरुमा पनि मन्त्री बाँड्दै हिँडेको आरोप समेत लगाए । स्थानीय तहमा पनि मेयरको टिकट दिउँला भनेर प्रलोभनमा पार्ने प्रयास भइरहेको भन्दै उनले अघि भने, ‘कांग्रेसले लड्ने आँट गरेको छैन, माधव नेपालको प्युसो ! ’
उनले प्रचण्ड र माधव नेपालले अध्यक्षबाट हटाउनु पर्छ भनेर राजीनामा माग्ने र विरोधी हँसाउने खेल शुरु गरेको आरोप लगाए ।















प्रतिक्रिया दिनुहोस्