पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध
काठमाडौँ , २२ भदौ । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिउ । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्