मन्त्रिपरिषद विस्तार गर्दा सरकार नै ढल्ने डर देखियो : सुवास नेम्वाङ
‘काठमाडौं, २१ भदौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपनेता सुवास नेम्वाङले जेठ ७ गते दोस्रो पटक प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको बाध्यात्मक कदम रहेको बताएका छन् ।
युवा संघ नेपालले आज राजधानीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेम्वाङले यस्तो बताएका हुन् । नेम्वाङले त्यसपछि यो सरकार परमादेशबाट बनेको बताएका छन् ।
नेम्वाङले सर्वोच्च अदालतको परामदेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले ५० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै कटाक्ष गरेका छन् ।
‘शेरबहादुरजीले पाँच जना मन्त्रीको भरमा देश चलाइरहनु भएको छ । पाँच जना मन्त्रीको भरमा यो सरकार ५० दिन नाघिसक्यो,’ उनले भने, ‘मन्त्रिपरिषद् विस्तार गर्दा यो सरकार नै ढल्छ कि भन्ने डर सत्तारुढ गठबन्धनमा पसेको छ ।’ ‘सर्वोच्चले अचम्मै गर्यो, केपी ओलीलाई सरकारमा रोक्न गौंडा छेक्दै हिंड्यो’
साथै नेता नेम्वाङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो संसदले काम गर्नै नसक्ने ठहरसहित विघटन गरिदिएको बताएका छन् । सम्बोधनका क्रममा कामै नगर्ने संसद फर्काएर सर्वोच्च अदालतले ठीक नगरेको पनि उनको भनाइ रहेको थियो ।
नेम्वाङले सर्वोच्चले संसद पुनःस्थापना गरेर अचम्मकै काम गरेको पनि बताए । उनले यो सरकारलाई बधाई दिँदै यसको गठनबारे प्रश्न उठाएको पनि बताए ।















प्रतिक्रिया दिनुहोस्