एकीकृत समाजवादी बन्यो सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल

काठमाडौं, भदौ २१ । सुदूरपश्चिम प्रदेश सभामा एमाले त्याग्दै थप एक सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। सांसद माया तामाङ बोहराले आइतबार समाजवादीको पक्षमा सनाखत गरेकी हुन्।

योसँगै एमालेका सभामुखबाहेक २४ जनामध्ये समाजवादीको पक्षमा सनाखत गर्ने सांसदको संख्या १४ पुगेको छ। अब एकीकृत समाजवादी प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेको छ। सरकारको नेतृत्व गरिरहेको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका १३ सांसद छन्।

समाजवादीको पक्षमा १४ जना पुगेपछि माओवादी र समाजवादी मिलेर सरकारको बहुमत पुगेको छ।

प्रतिक्रिया दिनुहोस्