एमसीसीबारे भीम रावलको भनाइ –सम्झौता गर्नेहरु नेपाली मन भएकाहरु होइनन्
काठमाडौं, भदौ २० । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले फेरि पनि एमसीसी सम्झौता नेपालको हितमा नरहेको दोहोर्याएका छन् । राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले एमसीसी सम्झौता गर्नेहरु नेपाली मन भएकाहरु नभएको पनि टिप्पणी गरे ।
एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुने उनको भनाइ रहेको थियो ।
‘नेपाल सरकारको निर्णय अधिकारलाई सिमित पारिएको छ । सरकारले कुनै निर्देशन दिन नसक्ने,नीति निर्माण गर्न नसक्ने,र जुन मिलिनियम च्यालेन्ज अकाउन्ट भन्ने कार्यालय खोलेको छ,कस्तो भ्रम सिर्जना गर्न खोजिएको छ भने त्यसको प्रमुख नेपालको अर्थसचिव,बोर्डको प्रमुख पनि नेपालकै,तर त्यो बोर्ड र त्यो मिलेनियम च्यालेन्ज एकाउन्टले नेपाल सरकारको कुनै निर्देशन नमान्ने,सिधै एमसीसीको निर्देशन मान्ने भनिएको छ ’,उनले प्रश्न गरे, ‘यो कल्पना गर्न सकिन्छ रुके अमेरिकाले आफ्नो देशको कुनै कार्यालयलाई त्यसरी विदेशीको निर्देशनमा राख्न तयार हुन्छ ?’
एमसीसी सम्झौताको पुनरावलोकन गर्ने अधिकार एमसीसीलाई मात्रै रहेको उनको दावी छ ।















प्रतिक्रिया दिनुहोस्