पुत्लादहन कानुनविपरीत हो, त्यसैले सचेत गराइएको हो : गृह प्रवक्ता
काठमाडौं, भदौ २० । भारतको ज्याजदी बढेपछि विभिन्न विद्यार्थीहरुले हिजो मात्रै काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लादहन सँगै विरोध प्रर्दशन गरेका थिए ।
दार्चुला घटना र नेपाली आकाशमा अनधिकृत भारतीय उडान गरेको विषयमा सरकार चुप लागेको भन्दै शुक्रबार सत्ता गठनबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) को भ्रातृ सगंठन अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो । दार्चुलाका जयसिंह धामी मृत्यु प्रकरण तथा नेपाली भूभागमा भारतीय सुरक्षाकर्मीले हेलिकोप्टर उडाएको घटनालाई लिएर प्रदर्शन बढ्न थालेको हो ।
यसपछि यता पुत्ला दहन गरेको विरुद्ध गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनायो, भने आपत्ति प्रकट गर्यो,यस्ता उच्छृङ्गल र निन्दनीय गतिविधि प्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ समेत भन्यो ।
मन्त्रालयले छिमेक मुलुकहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न समेत आग्रह गर्यो यस्तै, मन्त्रालयले यस्ता गतिविधि गर्नेलाई कारबाही गरिने समेत जनाएको थियो । तर यो भनाइ प्रति धेरैले गृहमन्त्रीको निकै आलोचना गरे ।
यतिसम्म की अहिले सामाजिक सञ्जालमा गालीको ओइरो समेत लागेको छ । यता यसको प्रतिक्रियामा कानुनविपरीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा जुलुस तथा प्रदर्शन गरेकाले सूचना सार्वजनिक जारी गरेर सचेत गराउनु परेको गृह मन्त्रालयले जनाएको छ ।
दार्चुलाका जयसिंह धामी मृत्यु प्रकरण तथा नेपाली भूभागमा भारतीय सुरक्षाकर्मीले हेलिकोप्टर उडाएको घटनालाई लिएर प्रदर्शन बढ्न थालेपछि सरकारले कानुनविपरीत भन्दै विज्ञप्ति नै जारी गरेर रोक लगाउने प्रयास गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मित्रराष्ट्रका सरकार प्रमुखविरुद्ध देशभित्र दिनदिनै पुत्लादहन हुन थालेपछि बाध्य भएर कानुन सम्झाउनुपरेको प्रस्टोक्ति दिएका छन् । ‘कानुनले नै पुत्लादहनलाई प्रतिबन्ध लगाएको छ, त्यसमाथि मित्रराष्ट्रको सरकार प्रमुखविरुद्ध निरन्तर प्रदर्शनले कूटनीतिक सम्बन्धमा असर पर्ने भएकाले विज्ञप्ति जारी गरिएको हो,’ पोखरेलले भने, ‘पुत्लादहन नगर्न मन्त्रालय अनुरोध गर्दछ ।’
तर, उनले कुन ऐनमा टेकेर प्रतिबन्ध लगाइएको हो ? त्यो भने खुलाएनन् । भने, ‘फौजदारी काुननअन्तर्गत पर्छ होला ।’ तर, जुलुस मात्रै गरेका कारणले विज्ञप्ति जारी नगरिएको उनको भनाइ छ ।
मन्त्रालयले प्रदर्शनमा रोक लगाउन निर्देशन दिनुलाई अभिव्यक्ति स्वतन्त्रतामा बन्देज नलगाएको पनि उनको जिकिर छ । ‘प्रेस विज्ञप्ति जारी गरेर अभिव्यक्ति स्वतन्त्रतामा सरकारले बन्देज लगाएको छैन, अलिकति कानुन सम्झाएको हो,’ पोखरेलको भने, ‘अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार गम्भीर र सचेत छ ।’
प्रतिक्रिया दिनुहोस्