एमसीसीविरुद्ध राष्ट्रिय जनमोर्चाले भदौ २२ गते देशव्यापी प्रदर्शन गर्ने
काठमाडौं , भदौ २० । नेपालमा फेरि अहिले एमसीसीको विषयले चर्चा पाएको छ । यति बेला नेतादेखि अन्यले यसको विषयमा आ आफ्नै टिकाटिपण्णी गरिरहेका छन् ।
धेरै जसोले यसको विरोध नै गरिरहेका छन्। यति सम्म कि अब यसका विरुद्ध जनता सडकमा पनि आउन सक्छन् । एमसीसी पारित गर्नका लागि दबाव सिर्जना गर्नका गर्न परियोजनाकी उपाध्यक्षलगायतका पदाधिकारीको नेपाल भ्रमणमा आउन लागेकी छन् ।
यसैले पनि यता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितको २२ दलीय संगठनले एमसीसीविरुद्ध एकढिक्का हुन आह्वान गरिसकेकोछ भने राष्ट्रिय जनमोर्चाले पनि भदौ २२ गते देशव्यापी सांकेतिक विरोध प्रदर्शन गर्ने भएको छ । एमसीसी इण्डोप्यासिफिक रणनीतिको अंग भएको भन्दै जनमोर्चाले यसलाई कुनै हालतमा अनुमोदन गर्न नहुने बताएको छ ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन सरकारले न्यूनतम कार्यक्रममा एमसीसी समावेश नगरेको भए पनि केही दिनयताका गतिविधिले एमसीसीलाई पारित गराउन चलखेल हुन थालेको बताएका छन् ।
‘एमसीसी वा यस्तै गम्भीर प्रकृतिका र विवादास्पद विषयहरु सरकारले यो अवधिमा नउठाउने एक प्रकारको भद्र सहमति हो । तर केही दिनयता राष्ट्रिय जनमोर्चा बाहेकका गठबन्धनका दलहरुबीच एमसीसीबारे छलफल भएको, एमसीसीको विज्ञापन प्रसारण भएको, एमसीए अमेरिकाका उपाध्यक्ष चाँडै नेपाल आउने, अमेरिकाले एमसीसीलाई संसदबाट पारित गराउन दिएको दबाब र चर्चाले एमसीसीलाई पारित गर्न चलखेल भएको सहज रुपमा अनुमान गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय जनमोर्चाले एमसीएका उपाध्यक्षको आगमन, नेपाललाई एमसीसी पारित गर्न दिएको दबाबका विरुद्ध र गठबन्धन सरकारलाई सचेत पार्न मंगलबार सांकेतिक रुपमा देशव्यापी विरोधका कार्यक्रम गर्ने निर्णय गरेको जनाएको छ ।
उक्त दिन ७७ वटै जिल्लामा विरोध सभा, जुलुस, कोणसभा, अन्तरक्रिया, गोष्ठी लगायत विरोध कार्यक्रम गर्ने जनमोर्चाले जनाएको छ । यसैबीच यता नपाल सरकारले स्पष्ट पार्न भन्दै अमेरिकालाई पत्र पठाएको छ ।
अमेरिकी सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी०ले शुक्रबार नेपाल सरकारबाट पाएको प्रश्नको जवाफ यथाशीघ्र पठाउने भएको छ ।















प्रतिक्रिया दिनुहोस्