कोरोना महामारीः : कीर्तिपुरमा ‘मास्कविना प्रवेश निषेध’
काठमाडौं, भदौ २० । कोरोना महाारीका कारण अहिले आममानिसले मास्क लगाउने गरेका छन् । संक्रमण सर्न सक्ने भन्दै यो प्रकोपले मानिसलाई मास्क लगाउन बाध्य बनाएको छ।
सरकारले पनि बिना मास्क बाहिर नआउन भन्दै आएको छ भने नलगाउनेलाई कारवाहीको चेतावनी पनि दिएके छ । यता धेरै जसोले मास्क लगाउँदैनन् । यसैक्रममा कीर्तिपुर नगरपालिकामा ‘मास्कविना प्रवेश निषेध’ अभियान सुरु गरिएको छ। कोरोना भाइरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनुपर्ने भएपछि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु गरेको हो।
आइतबार बिहान कीर्तिपुरमा सो अभियानको शुभारम्भ मेयर रमेश महर्जनले गरेका छन् । उनले यो अभियानको सुरुवात गर्दै सबै नागरिकलाई कोरोनाको संकटबाट बचाउन अनिवार्य रूपमा मास्क लगाउन जनचेतना जगाउने अपेक्षा लीएको बताएका छन् । साथै उनले सो अभियान यसैका लागि पनि सञ्चालनमा ल्याइएको स्पष्ट पारेका छन् ।
कीर्तिपुर नगरपालिकाले मानिसहरूको भिडभाड हुने स्थलमा जाँदा हरेक नागरिकले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने भएकाले सो अभियान सञ्चालनमा ल्याउनुपरेको पनि बताएको छ ।त्यसका लागि मास्क उपलब्ध गराउन ‘मास्क बैंक’को पनि स्थापना गरिएको छ। सक्नेले दिने र नसक्नेहरूलाई निःशुल्क रूपमा वितरण गर्न सो बैंकको स्थापना गरिएको पनि मेयर महर्जनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्