नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन, ६ प्रदेश इन्चार्ज तोकिए

काठमाडौँ , भदौ २० । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालय र ६ प्रदेशक इन्चार्ज तोकेको छ ।

एकीकृत समाजवादीले बेदुराम भुसाल, प्रमेश हमाल,राजेन्द्र पाण्डे, गंगालाल तुलाधर,जयन्त राई र जीवनराम श्रेष्ठ सदस्य रहेको केन्द्रीय सचिवालय गठन गरेको हो ।

त्यस्तै सातमध्ये ६ प्रदेशको इन्चार्ज तोकेको छ । प्रदेश इन्चार्जहरुमा प्रदेश १ को इन्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला तोकिएका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्ज भने तोकिएको छैन ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले उपत्यका विशेष प्रदेश कमिटीमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ, मोर्चा इन्चार्ज डा। विजय पौडेल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद साहलाई जिम्मेवारी दिएको छ ।

त्यसैगरी पार्टीले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय दस्तावेज मस्यौदा समिति पनि गठन गरेको छ । दस्तावेज मस्यौदा समितिको सदस्यमा डा। बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला, जगन्नथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई र गणेश विक रहेका छन् ।

मस्यौदा समितिले छिटै आयोजना हुने राष्ट्रिय सम्मेलनमा पेस हुने दस्तावेजहरुको मस्यौदा तयार गर्ने बताइएको छ ।

एकीकृत समाजवादीको स्थायी समितिमा अध्यक्ष माधव नेपाल, खनाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल र केशवलाल श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्