एमसीसीविरुद्ध उभिन विप्लवसहितका २२ दलीय संगठनको आह्वान, खारेजी नै हुनुपर्नेमा जोड

काठमाडौं, भदौ २० । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितको २२ दलीय संगठनले एमसीसीविरुद्ध एकढिक्का हुन आह्वान गरेको छ ।

गठबन्धनले आइतबार जारी गरेको विज्ञप्तिमा निरन्तरको विरोधका कारण अहिलेसम्म एमसीसी संसदबाट पारित हुन नसकेको र खारेजी नै हुनुपर्नेमा जोड दिइएको छ ।

एमसीसी पारित गर्नका लागि दबाव सिर्जना गर्नका गर्न परियोजनाकी उपाध्यक्षलगायतका पदाधिकारीको नेपाल भ्रमणमा आउन लागेको उल्लेख गर्दै संगठनले सो क्रममा विरोध प्रदर्शनहरूको आयोजना गरिने बताइएको छ । विरोध प्रदर्शनका ठोस कार्यक्रम चाँडै नै सार्वजनिक गरिने संगठनको तर्फबाट सीपी गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक सङ्गठनहरुमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले) , नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा , देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा (माओवादी मोर्चा), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), एम।सी।सी। खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् । यता नपाल सरकारले स्पष्ट पार्न भन्दै अमेरिकालाई पत्र पठाएको छ ।

अमेरिकी सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी०ले शुक्रबार नेपाल सरकारबाट पाएको प्रश्नको जवाफ यथाशीघ्र पठाउने भएको छ । अनुमोदनका लागि एमसिसी सम्झौता संसद्मा विचाराधीन रहँदा नेपाल सरकारले गरेको ६ पृष्ठ लामो ११ प्रश्नलाई सम्झौता पास गर्ने प्रक्रियाको सकारात्मक पहलका रूपमा लिएको अमेरिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्