कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी
काठमाडौँ , २० भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शनिबार ९ हजार ८७५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ६ हजार ७५३ जनाको पिसिआर र ३ हजार १२२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यस्तै, २ हजार १९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
संक्रमणबाट थप ९ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ।
हाल सक्रिय संक्रमित ३१ हजार ८२६ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९४.५ प्रतिशत रहेको छ।
यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३८६ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा २८९भक्तपुरमा ४४ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन्।
प्रतिक्रिया दिनुहोस्