फिलिपिन्सले नेपाललाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटायो
काठमाडौं , २० भदौ । कोभिड महामारी नियन्त्रणका लागि भन्दै फिलिपिन्सले नेपाललाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ ।
कोरोनाविरुद्धको खोपका कारण भयावहस्थिति नहुने भन्दै फिलिपिन्सले यात्रा प्रतिबन्ध हटाएको हो । फिलिपिन्सले सेप्टेम्बर ६ भदौ २१ गते देखि लागु हुने गरी नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स यूएई , ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसिया माथि लगाइएको यात्र प्रतिबन्ध हटाइएको छ । फिलिपिन्सले नेपालसहित १० एसियाली मुलकमाथि गत अप्रिलदेखि यात्रा प्रतिबन्ध लगाएको थियो ।
फिलिपिन्स आउने अन्तर्राष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिन सम्बन्धी नियम भने पालना गर्नुपर्ने राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकले बताएका छन् । रोकले भने, भारत, नेपाल, पाकिस्तान लगायत १० एशियाली देशहरूबाट आउने अन्तरराष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिन सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ ।
फिलिपिनी नागरिकका कूटनीतिज्ञ तथा विदेशी जीवनसाथी जस्ता विशेष भिषा बहाकहरू बाहेकका प्रतिबन्धित अन्य विदेशी मुलुकका पर्यटकहरूलाई अझै पनि देशभित्र प्रवेश गर्न रोक लगाइएको छ ।
डेल्टा भेरिएन्टको स्थानीय संक्रमण फिलिपिन्सका समुदायहरूमा फैलिएको छ । यहाँ एक हजार ७८९ व्यक्तिमा कोभिड–१९ को डेल्टा भेरिएन्ट संक्रमण पुष्टि भएको छ । यीमध्ये ३३ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्