एसएमजी चोरीमा सजाए भोगिरहेका यी दुई सैनिकले पाए सफाइ

काठमाडौं , भदौ १८ । एसएमजी चोरी अभियोगमा जेल सजाए भोगिरहेका दुई सैनिकले सफाइ पाएका छन् ।

उच्च अदालत, पाटनका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित सैनिक विशेष अदालतले अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई एसएमजी चोरी प्रकरणमा निर्दोष ठहर गरेको छ ।

उनीहरूले शुक्रबार सफाइ पाएका हुन् । तर, उनीहरूको तीन वर्ष बढुवा रोक्का गर्न सैनिक विशेष अदालतले आदेश दिएको बताइएको छ ।

संगठनको आन्तरिक मर्यादा मिचेर गैरजिम्मेवारीपूर्ण कार्य गरेको अभियोगमाउनीहरूको बढुवा रोक्काको आदेश दिइएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

गुरुङ र तामाङले अनाहकमा साढे २ वर्ष जिल्ला कारागार, चितवनमा बन्दी जीवन विताएका छन् । उनीहरूले २०७६ जेठमै आफूहरू निर्दोष रहेको भन्दै सैनिक विशेष अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्