परमादेशबाट हामीलाई हटाइयो, जनादेशबाट फेरि सरकारमा फर्कनेछौँ : प्रदीप ज्ञवाली
काठमाडौं , भदौ १८ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि एमाले फेरि सरकारमा फर्कने दाबी गरेका छन् ।
नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले यस्तो दाबि गरेका हुन् । तत्कालका लागि परमादेशबाट आफूहरू सरकारबाट हट्नुपरेपनि जनादेशको माध्यामबाट फेरि आफनो पार्टी सरकारमा फर्कने उनको भनाइ रहेको थियो ।
उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाईे आह्वान गरे ।
जनताको मायाबाट आफुहरु फेरि फर्कने बताउँदै उनले देशलाई ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउने बताए ।
साथै प्रवक्ता ज्ञवालीले भूमिसम्बन्धी आयोग विघटन गरेको, दल फुटाउनेजस्ता लोकतन्त्र विरोधी गतिविधि गरेको, मन्त्रिपरिषदलाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्