नेपाली सेनामा रोजगारीको अवसर: चार हजार आवेदन माग

काठमाडौं, भदौ १८ । नेपाली सेनाले चार हजार जनाका लागि आवेदन माग गरेको छ। सेनाले चार हजार सेना भर्ती गर्न २६ वटा व्यारेकका लागि दरखास्त आह्वान गरेको हो।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले सैन्य पदका लागि आह्वान गरेको विज्ञापनमा खुलातर्फ २ हजार ९६ जना, कर्तव्य पालनाको शिलशिलामा अशक्तरमृत्यु भएका नेपाली सेनाका सन्ततिका लागि १ सय ८, महिला ३ सय ६०, आदिवासीरजनजाति ५ सय ७३, मधेसीतर्फ ५ सय ५ जना, दलित कोटातर्फ २ सय ७३ र पिछडिएको क्षेत्रबाट ८५ जना पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।

दरखास्त दिनका लागि आठ कक्षा उत्तीर्ण गरेको र १८ वर्ष उमेर पूरा भएर २२ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने छ। दरखास्त फारम शुल्क एक सय पचास तोकिएको छ।


प्रतिक्रिया दिनुहोस्