दिउँसो २ बजे माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, १८ भदौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी कमिटी बैठक बोलाएका छन् ।
शुक्रबार साढे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनुका साथै पार्टीको निर्वाचन कार्यविधिका बारेमा समेत छलफल हुने स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।
यसअघि नेकपा माओवादी केन्द्रले पार्टी विधान बनाएको छ । उक्त विधान आगामी पुसमा हुने सम्मेलनबाट परिमार्जनसहित पारित गर्ने माओवादीको तयारी छ ।















प्रतिक्रिया दिनुहोस्