एमसिसी खारेजीको माग गर्दै अमेरिकी दूतावासअगाडि प्रदर्शन, १० जना पक्राउ
काठमाडौं, भदौं १८ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजीको माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासअघि प्रदर्शन गरिएको छ ।
‘एमसिसी खारेज राष्ट्रिय अभियान’ले एमसिसी खारेजीको माग गर्दै दूतावासअगाडि प्रदर्शन गरेको हो।
प्रदर्शनकारीहरूले ‘ब्याक अफ एमसिसी’, ‘रिजेक्ट एमसिसी’जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन गरेका छन्।
यस्तै प्रहरीले कम्तीमा १० प्रदर्शनकारीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सबै पुरुष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए ।
यसैबीच एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने तय भएको छ । उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आउने छन् ।
उनी नेपाल आउने भएसँगै सरकारले एमसीसी पारित गर्न खोजेको हो कि भनेर एमसीसीको विपक्षमा रहेकाहरुले सक्रियता बढाउँदै लगेका छन् । एमसीसीबारे राजनीतिक दल र तिनका नेता समेत विभाजित हुँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्