सभापतिमा एक जना मात्र उम्मेदवारका लागि सहमति हुनेछ : रामचन्द्र पौडेल

काठमाडौं, भदौ १७ । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी चौधौं केन्द्रीय महाधिवेशनका लागि आपसी सहमतिमा एक जना उम्मेदवारलाई अगाडि बढाइने बताएका छन् ।

काँग्रेसको भदौ १८ गतेदेखि वडा तहको अधिवेशन सुरु हुनुको पूर्वसन्ध्यामा नेता पौडेलसहित महामन्त्री डा। शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा। मिनेन्द्र रिजाल, सुजता कोइराला लगायतका प्रभावशाली नेताहरुको सहभागीतामा बिहीबार पत्रकार सम्मेलन गरिएको हो ।

काँग्रेस विधि र पद्धति अनुरुप अगाडि बढ्नुपर्ने पार्टी रहेको बताउनुहुदै पौडेलले पार्टीभित्रको कमीकमजोरी हटाएर लोकतान्त्रिक एवम् नेपाली जनताको भरोसाको पार्टी बन्नुपर्ने बताएका हुन् ।

आगामी महाधिवेशनमा सामुहिक नेतृत्वमा विश्वास गर्ने सबैसँग आपसी सहमति र छलफल गरेर कसले के जिम्मेवारी दिने भन्ने विषयमा समझदारी गरिने उनले बताए । देशैभरका कार्यकर्ता लगायत सबैमा उनले आफूहरु सुधारको पक्षमा रहेकाले यश पक्षमा रहेकाहरुको एकता नटुट्ने आश्वासन पनि दिएका छन् ।

वरिष्ठ नेता पौडेलका अनुसार आगामी महाधिवेशनमा एउटै सभापति उम्मेदवारलाई अगाडि बढाउने सन्देश प्रवाह गर्न आजको कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्