प्रदेश २ मा एमालेका ११ सांसदले रोजे एकीकृत समाजवादी
काठमाडौं, भदौ १७ । प्रदेश नं २ मा नेकपा एमालेका ११ प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा आज बिहीबार १० सांसदले भौतिक रुपमा र एकजनाले पत्रमार्फत सनाखत गरेका छन्।
प्रदेश सांसदहरु शत्रुधन महतो, मञ्जु यादव, चन्द्रसेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादवले आयोगको कार्यालयमा पुगेर सनाखत गरेका हुन्। क्यान्सरको उपचार गराइरहेका प्रदेश सांसद डिल्ली उप्रेतीले भने पत्रमार्फत सनाखत गराएका प्रदेश सांसद महतोले जानकारी दिए।
एकीकृत समाजवादी पार्टीमा सनाखत गर्न सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङ भने छुटेका छन्। उनीहरु काम विशेषले काठमाडौंमा रहेकाले पछि सनाखत गर्ने बताइएको छ।















प्रतिक्रिया दिनुहोस्