बुटवल-पाल्पा सडक दुई दिनसम्म दैनिक ११ घण्टा बन्द हुने
काठमाडौं, भदौ १७ । बुटवल-पाल्पा सडकखण्ड बिहीबारदेखि दुई दिनसम्म दैनिक ११ घण्टा बन्द हुने भएको छ । पहिरो हटाउन सडक बन्द हुने भएको हो ।
सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका-८ तल्लो डुम्रेमा गएको पहिरो हटाउन बिहीबार र शुक्रबार दुई दिन साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सडकमा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
दिउँसोको समयमा भने सडक नियमित सञ्चालन हुनेछ । उक्त अवधिमा अत्यावश्यक बाहेक अन्य सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाइएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए । –फाइल तस्बिर
प्रतिक्रिया दिनुहोस्