यमनमा विद्रोही र सरकारी सेनाबीच झडप, ६५ जनाको मृत्यु
काठमाडौं, भदौं १७ । यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच झडप भएको छ । जारी रहेको झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बिहीबार एएफपी समाचार समितिलाई बताएका छन् ।
ती सैन्य अधिकारीका अनुसार झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् । ४८ घण्टासम्म जारी रहेको झडपमा ४८ हुथी विद्रोही मारिएको सरकारी सेनाका अधिकारीले जानकारी दिएका छन् ।
यमनमा हुथी विद्रोहीले सन् २०१४ बाट शुरु गरेको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्