१० बुँदे समझदारीका नाममा भ्रम फैलाउन खोजिएको मात्रै हो: नेता नेपाल
काठमाडौं, भदौ १७ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदातलको फैसला प्रभावित पार्नकै लागि मात्र १० बुँदे समझदारी आएको टिप्पणी गरेका छन्।
तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ गते सर्वोच्च अदालतले फैसला सुनाउने मिति तोकेपछि २७ गते राती १० बजे १० बुँदे समझदारीका नाममा भ्रम फैलाउन खोजिएको बताएका हुन्।
एकीकृत समाजवादीको अध्यक्षको पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले १० बुँदे समझदारीको भ्रममा नपर्न प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, र कार्यकर्तालाई आग्रह गरेका थिए।
उनले आफूहरू माओवादीसँग पार्टी एकता गर्ने भ्रम फैलाइएको समेत आरोप लगाएका थिए। यस्तै नेता वामदेव गौतसमसँग पनि कुराकानी भइरहेको उनले बताए।















प्रतिक्रिया दिनुहोस्