२ गतेपछि जसपा सरकारमा सहभागी हुन्छ : उपेन्द्र यादव

काठमाडौं, भदौ १७ । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले २२ गतेपछि पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।

जनकापुर विमानस्थलमा सचारकर्मीसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् । सरकार कठिन अवस्थामा बनेको बताउँदै उनले २२ गतेपछि मात्रै सरकारले पुर्णता पाउने बताए ।

अहिले गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएको उनको भनाइ रहेको थियो । साथै उनले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै पनि विवाद नभएको पनि बताए ।

जसपामा उपेन्द्र यादव निकटका प्रदेश २ सांसदहरु महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा०मा सनाखत गर्ने भएपछि सांसदहरुलाई रोक्न यादव जनकपुर आएका छन् ।

प्रतिक्रिया दिनुहोस्