कहिले खुल्छ पशुपतिनाथ मन्दिर ?

काठमाडौँ, भदौ १७ । कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द रहेको पशुपतिनाथ मन्दिर यो पटक हरितालिका तीजनमा पनि नखुल्ने भएको छ।

प्रशासनले कोरोना संक्रमणका कमी भन्दै काठमाडौं उपत्यकाको निषेघाज्ञा हटाएपछि पशुपतिनाथ मन्दिर भने तीज अगाडि नखुल्ने भएको हो। तीजनमा भीडभाड हुने भएकाले तीज अगाडि मन्दिर नखोलिने भएको हो।

पशुपति क्षेत्र विकास कोषका निर्देशक डा।घनश्याम खतिवडाले तीज पछि पशुपतिनाथ मन्दिर खोल्ने योजना रहेको बताए। विश्वभर फैलिएको कोरोना कहर र नयाँ भेरियन्टसहितको महामारीले गर्दा नेपाल सरकारले विभिन्न चरणमा लकडाउन र निशेधाज्ञा लगाउँदै आएको थियो।

निशेधाज्ञा खकुलो बनाएपनि पशुपतिनाथ मन्दिर क्षेत्र अझै सुनसान छ। भक्तजनहरु अहिले बाहिरैबाट दर्शन गरेर फर्कने गरेका छन् । अरु क्षेत्र खुल्ला गरेपनि धार्मीक क्षेत्रहरु अजै बन्द रहेका छन् ।

केहि दिन अगि मात्रै अब खुलाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको छ । तर तिज भन्दा अगाडि भने नखुल्ने पशुपति क्षेत्र विकास कोषका निर्देशक डा।घनश्याम खतिवडाले बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्