फ्रान्स बराबरीमा स्थानमा रह्यो भने डेनमार्के विजयीयता हातपार्न सफल
काठमाडौँ , १७ भदौ । फिफा विश्वकपको युरोपेली छनोटमा विश्व विजेता फ्रान्सले बोस्निया एण्ड अर्जगोभिनासँग १–१ को बराबरी खेले खेलेको छ । १० खेलाडीमा सीमित रहेर खेलेको फ्रान्सले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो ।
फ्रान्सको घरेलु मान स्टेड डे ला मेइनाउमा भएको खेलको ३६ औं मिनेटमा एडेन जेकोले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए । तर त्यसको चार मिनेटपछि नै एन्टोइनी ग्रीजमनले फ्रान्सका लागि बराबरी गोल फर्काए । ५१औं मिनेटमा जुल्स कुन्डे रातो कार्ड पाउ मैदान बाहिरिएपछि फ्रान्सको टिममा १० खेलाडी सीमित भयो । त्यसपछि थप गोल हुन सकेन र दुवै टिमले बराबरी खेल्दै समान एक अंक जोडे ।
समूह डी मा दोस्रो बराबरी खेलेको फ्रान्स चार खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो बराबरी नै खेलेको बोस्निया तीन खेलबाट दुई अंकसहित चौथो स्थानमा छ ।
त्यस्तै समूह एफमा शतप्रतिशत जित हात पार्ने क्रममा डेनमार्कले स्कटल्याण्डलाई २–० ले हरायो ।
घरेलु मैदान कोपनहेगनमा भएको खेलमा डेनमार्कका लागि डानिएल वासले १४ औं र योकिम माहलेले १५ औं मिनेटमा गोल गरे ।
लगातार चौथो जितपछि १२ अंक जोडेको डेनमार्क शीर्ष स्थानमा छ । छनोटमा पहिलो हार बेहोरेको स्कटल्याण्ड भने पाँच अंकसहित चौथो स्थानमा छ । यसै समूहको अन्य खेलमा इजरायलले फारो आइसल्याण्डलाई ४–० ले र अष्ट्रियाले मोल्दोभालाई २–० ले पराजित गरेको हो । जितपछि इजरायल र अष्ट्रेलियाले समान ७ अंक जोडेका छन् । गोलअन्तरमा इजरायल अघि रहँदै दोस्रो स्थानमा छ ।
यसैगरी समूह जी मा नेदरल्याण्ड्सले नर्वेले १–१ को बराबरी खेलेका छन् । एर्लिन हालान्डले खेलको २० औं मिनेटमै गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । तर ३७ औं मिनेटमा ड्याभी क्लासेनले डच टोलीका लागि बराबरी गोल फर्काए । यस समूहको अर्को खेलमा टर्कीले मोन्टेनेग्रोसँग २–२ को बराबरी खेल्यो ।
टर्की ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । नेदरल्याण्ड्स, मोन्टेनेग्रो र नर्वेको समान ७ अंक छ र क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्