कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले दिए पदबाट राजीनामा

काठमाडौं, भदौ १६ । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले पदबाट राजीनामा दिएका छन्।

उनले बुधबार प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका छन्।
नेपाल दलित संघका अध्यक्षसमेत रहेका विश्वकर्माले पार्टी केन्द्रीय कार्यालयमार्फत राजीनामा पत्र बुझाएका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको राजीनामा पत्रमा निर्वाचन निर्देशिकामा गरिएको व्यवस्था प्रति आपत्ति जनाएका छन्।

कांग्रेसमा दलित समुदायको सहभागिता केही समयपछि शून्य हुने देखिएको भन्दै विश्वकर्माले निर्वाचन निर्देशिकाको विरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्