नेपाल–इन्डिया मैत्रीपूर्ण खेलको तयारी पूरा, दर्शक राख्न पाउने अनुमति

काठमाडौं , भदौ १६ । नेपाल र इन्डियाबीच भोलि बिहीबार हुने मैत्रीपूर्ण खेलको तयारी पूरा भएको एन्फाले जनाएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगिताको लागि आवश्यक मैदान, फ्लड लाइटलगायत सबै तयारी पूरा भएको जानकारी दिए।

यता प्रतियोगिताका लागि दशरथ रंगशाला पनि तयार भएको छ। घाँस काट्ने काम सकिएको छ। त्यस्तै, एन्फाले भोलिको खेलका लागि दर्शक राख्न पाउने अनुमति पाएको छ।

उसले अब पाँच हजार १०० टिकट बेच्न पाउनेछ, जुन पूरा दर्शक क्षमताको एक तिहाइ हो। दर्शकका लागि कोभिडविरुद्धको पूरा डोज खोप वा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ। टिकट अनलाइन बेच्ने भनिएको छ तर मूल्य तय भएको छ।

 

प्रतिक्रिया दिनुहोस्