नेकपा समाजवादीले ६ मन्त्रालयको जिम्मा पाउने लगभग निश्चित, यी हुन् सम्भावित मन्त्री
काठमाडौँ, भदौ १६ । पाँचदलीय गठबन्धन सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै एक हप्ताभन्दा बढी समय लाग्ने देखिएको छ ।
सोमबारदेखि गठबन्धनका शीर्ष र अन्य नेताहरूबीच पटक–पटक छलफल र संवाद जारी रहे पनि मन्त्रालयको भागबन्डा गर्ने आधारभूत विषयमा नै सहमति जुट्न नसक्दा तत्कालै मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको हो । यता मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी भइरहँदा नेकपा एकीकृत समाजवादीले विभिन्न ६ मन्त्रालयको जिम्मा पाउने लगभग निश्चित भएको छ ।
एक राज्यमन्त्री सहित ६ मन्त्रालय आफूहरुको भागमा आउने समाजवादीका नेताहरुले बताएका छन् । समाजवादीका एक केन्द्रीय सदस्यका अनुसार समाजवादीको तर्फबाट मन्त्री बन्नेको नाम लगभग टुंगो लागिसकेको छ । यद्यपि आकांक्षीहरु बढेपछि अन्तिम निर्णय गर्न बाँकी रहेको ती नेताले बताए ।
मन्त्री बन्नेमा हालसम्म जीवनराम श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झांक्री, किसान श्रेष्ठ र प्रेम आले मगरको नाम अघि सारिएको छ । ती नेताले भने ६ जनाको नाममा लगभग सहमति भएको छ । अब निर्णय गर्न बाँकी छ ।
यता आन्तरिक विवाद र विभाजनपछि गठन भएका दलहरूको प्राविधिक काम नटुंगिँदा र मन्त्रालय बाँडफाँड तथा भागबन्डामा सहमति जुटाउन नसकेपछि गठबन्धनका शीर्ष नेताहरूले २२ भदौसम्म मन्त्रिपरिषद् विस्तार रोकेका छन् । यद्यपि, सोही समयभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा गठबन्धन दलकै नेताहरूबीच नै आशंका छ ।















प्रतिक्रिया दिनुहोस्