काठमाडौं उपत्यकामा निषेधाज्ञा हट्यो , अब विद्यालय खुल्ने (आदेशसहित)
काठमाडौं, भदौ १६ । काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाएको छ। ५ महिनादेखि जारी निषेधाज्ञा बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले हटाएको हो ।
लामो निषेधाज्ञाको अन्त्य गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
सकेसम्म विद्यालय खोल्न नपाउने निर्णय गरेका प्रमुख जिल्ला अधिकारीले सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड संकट व्यवस्थापन समितिको अनुमतिमा विद्यालय सञ्चालन गर्न पाउने भएका छन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी गरेका हुन्। ती आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुनेछन्।त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ।
ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ। स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजे सम्म गर्न पाइनेछ।
सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानीको लागि भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउने छन्।
प्रतिक्रिया दिनुहोस्