सभामुख र निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाँदै
काठमाडौं , भदौ १६ । । नेकपा (एमाले)ले प्रतिनिधिसभाका सभामुख र निर्वाचन आयोगविरुद्ध रिट दर्ता गर्ने तयारी गरेको छ ।
आज अपराह्नसम्ममा अदालत पुग्ने गरी तयारी भइरहेको एमाले सचेतक विशाल भट्टराईले जानकारी दिए । एमालेको केन्द्रीय कमिटी बैठकले नै सभामुख र निर्वाचन आयोगविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको थियो ।
एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरी संसद् सचिवालयमा बुझाएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई पदमुक्त गर्ने निर्णय नगरेको भन्दै एमाले अदालत जान लागेको हो ।
त्यस्तै, निर्वाचन आयोगले कारबाहीमा परेका १४ सांसदसहितका आधारमा नेकपा ९एकीकृत समाजवादी० दर्ता गरेको थियो । उक्त निर्णय विवादास्पद भन्दै एमाले अदालत जाँदै छ ।















प्रतिक्रिया दिनुहोस्