अब मन्त्रिपरिषद् विस्तार भदौ २२ गतेपछि मात्रै हुने
काठमाडौं, भदौ १५ । अब मन्त्रिपरिषद् विस्तार भदौ २२ गतेपछि मात्रै हुने भएको छ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको आग्रहअनुसार मन्त्रिपरिषद् विस्तार भदौ २२ गते पछिमात्रै हुने भएको हो।
नेपालले भर्खरै पार्टी दर्ता भएको र जनप्रतिनिधिहरुले दल रोज्ने क्रम जारी रहेकाले भदौ २२ अघि मन्त्रिपरिषद् विस्तार नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
मंगलबार बसेको गठबन्धनको बैठकमा नेपालले यस्तो आग्रह गरेका थिए। यसै कारण प्रधानमन्त्री देउवाले नेपालको आग्रह अनुसार नै मन्त्रिपरिषद् विस्तार तत्काल नगर्ने भएका छन्।नेपालको आग्रहपछि मन्त्रिपरिषद् विस्तार एक साता पर धकेलिएको बालुवाटार स्रोतले बताएको छ ।
अब दल विभाजन सम्बन्धी अध्यादेश निष्क्रिय भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुनेछ। अध्यादेश निष्क्रिय नभई मन्त्रिपरिषद् विस्तार गर्दा असन्तुष्ट समूहले दल विभाजन गर्न सक्ने सम्भावित जोखिमलाई हेरेर जनता समाजवादी पार्टीले अध्यादेश निष्क्रिय भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्न देउवालाई सुझाव दिएको छ।















प्रतिक्रिया दिनुहोस्