बागमतीका १२ सांसदले छाडे एमाले, रोजे एकीकृत समाजवादी

बागमती प्रदेशका १२ सांसदले नेकपा एमाले छाड्दै नव गठित नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गरेका छन् ।नीहरूले बागमती प्रदेश निर्वाचन कार्यलयमा उपस्थित भई सनाखत गरेका हुन्।

प्रदेश सांसद लक्षमण लम्सालका अनुसार निर्वाचन आयोगको बागमती प्रदेश कार्यालय पुगेर १२ जना एमाले सांसदहरुले नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।

‘मंगलबार १२ जनाले निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गर्नु भएको छ’, उनले भने, ‘अन्य दुई जना बिरामी भएकाले सनाखत गर्न आउनु भएन । उहाँहरु पनि भोलि या पर्सी आएर सनाखत गर्नुहुन्छ ।’

लम्सालका अनुसार प्रदेश सांसदहरु राजेन्द्र पाण्डे, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, पार्वती सिलवाल, माधव पौडेल, मुनु सिग्देल, वसन्त मानन्धर, राजेन्द्रमान श्रेष्ठ, इन्द्रमाया गुरुङ, रमा आले मगर, सामाजिक विकास मन्त्री कृष्ण खनाल र कुसुमकुमार कार्की र सामाजिक विकास मन्त्री कृष्ण खनालले नयाँ पार्टीको पक्षमा सनाखत गरेका हुन् ।

नेपाल पक्षले बागमतीमा नयाँ पार्टीको पक्षमा सनाखत गर्नेहरु १४ देखि १५ जना पुग्ने दाबी गरेको छ । खनाललाई मुख्यमन्त्रीमा नियुक्त भएकै दिन अष्टलक्ष्मी शाक्यले मन्त्री बनाएकी थिइन् । १२ जना सांसद एमाले छाडेर नेकपा एसमा लागेपछि शाक्यको सरकार अब स्पष्ट अल्पमतमा परेको छ ।

अल्पमतमा परेपछि उनले अब प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने छ । एमालेका ५६ जनामध्ये ११ सांसदले नेकपा एकीकृत समाजवादी रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब उनले ३५ दिनभित्र विश्वासको मत लिनु पर्नेछ ।

बागमतीमा शाक्यलाई हटाएर नेकपा एसले राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले शाक्य आफ्नो पक्षमा नखुलेमा हटाउनुको विकल्प नरहेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादी रोज्ने सांसदहरू
१) राजेन्द्र पाण्डे
२) मुनु सिग्देल
३) वसुन्धरा हुमागाईं
४) लक्ष्मण लम्साल
५) राजेन्द्रमान श्रेष्ठ
६) पार्वती सिलवाल
७) ईन्द्रमाया गुरुङ
८) माधव पौडेल
९) वसन्त मानन्धर
१०) रमा आले मगर
११) कुसुमकुमार कार्की

१२) कृष्ण खनाल

प्रतिक्रिया दिनुहोस्