डलरको मूल्य घट्यो क्रममा

काठमाडौँ , १५ भदौ । गत साता को शुक्रबार यता अमेरिकी डलरको भाउ निरन्तर घट्न थालेको छ । शुक्रबार एक अमेरिकी डलरको बिक्री दर ११९.०५ रुपैयाँ र खरिद दर ११८.४५ रुपैयाँ थियो । जुन, त्यसयता निरन्तर घट्दै आज एक अमेरिकी डलरको बिक्री दर ११७.५२ र खरिद दर ११६.९२ रुपैयाँमा आइपुगेको छ ।

यसले नेपाली मुद्रा डलरसामु बलियो बनिरहेको देखाउँछ । खासगरी, भारतीय मुद्रा डलरसामु बलियो बन्दै जाँदा नेपालको मुद्रा पनि बलियो बनेको हो । नेपाल र भारतको मुद्राबीच स्थिर बिनिमयदर रहेको छ । जसकारण, डलरसँग भारतीय मुद्रा कमजोर बने नेपाली मुद्रा पनि कमजोर बन्छ र भारतीय मुद्रा बलियो बन्दा नेपालको मुद्रा पनि बलियो स्थितीमा पुग्छ ।

यसैगरी, आज एक यूरोको बिक्री दर १३८.६१ र खरिद दर १३७.९० रुपैयाँ तथा एक पाउण्ड स्टर्लिङको बिक्री १६१.६० र खरिद दर १६०.७८ रुपैयाँ कायम भएको छ ।

जापानी १० येनको बिक्री १०.७० र खरिद १०.६४ रुपैयाँमा भइरहेको राष्ट्र बैंकले जानकारी दिएको हो । यसैगरी, साउदी रियालको बिक्री ३१.३३ र खरिद ३१.१७ रुपैयाँ, कतारी रियालको बिक्री ३१.८२ र खरिद ३१.३६ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्