यस वर्षको मनसुनमा हालसम्म ९२ जनाको मृत्यु, २८ बेपत्ता

काठमाडौं , भदौ १४ । यस वर्षको मनसुनमा हालसम्म ९२ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढी, पहिरो, अविरल वर्षाका कारण जेठ ३० गतेदेखि आजसम्म ९२ जनाको मृत्यु भएको हो । यस्तै सोही अवधीमा ११७ जना घाइते भएका छन् । बेपत्ता हुनेमा सिन्धुपाल्चोकका बढी छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार १ हजार ९ पशुचौपायाको मृत्यु भएको छ भने ९०७ घरमा क्षति भएको छ । यो वर्षकै मनसुनमा १ हजार २१० परिवार विस्थापित भएका छन् । आठवटा विद्यालय र १४ वटा सरकारी भवनमा समेत क्षति पुगेको छ ।

६१ वटा पुल भत्किएका छन् भने ३ हजार १८० घर डुबानमा परेका छन् । प्रहरीका अनुसार सिन्धुपाल्चोक, लमजुङ र मनाङ बाहेकका जिल्लामा बाढी, पहिरोका कारण १५ करोड ६३ लाख बढीको क्षति भएको प्रारम्भीक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्