धादिङमा आईचर ट्रक दुर्घटना हुँदा ३० जना घाईते, ४ गम्भिर घाईतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ बगैँचामा आईचर ट्रक दुर्घटना हुँदा ३५ जना घाईते भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ५ खरीबाट जिल्ला सदरमुकाम धादिङबेशी आउदै गरको बा ३ ख ५६२३ नम्बरको आईचर ट्रक सोमबार बिहान दुर्घटना भएको हो ।
धादिङ्ग ।धादिङ्ग । दुर्घटनामा परी आठ जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा परि घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार पश्चात थप उपचारका लागि हेलिकप्टरद्धारा काठमाडौ स्थित ट्रमा सेन्टर लगिएको छ । हेलिकप्टरद्धारा ज्वालामूखी गाउँपालिका वडा नं ५ खरीका ५० वर्षिय बलराम अधिकारी, १७ वर्षिय संजिता तामाङ, ४८ वर्षिय राजाराम अधिकारी र २६ वर्षिय मिना श्रेष्ठलाई लगिएको छ ।
त्यस्तै, २० वर्षिय मानबहादुर तामाङ, ३५ वर्षिय सुवास तामाङ, ७० वर्षिय पार्वती आले र २८ वर्षिय दिलबहादुर बयलकोटीलाई एम्बुलेन्सद्धारा काठमाडौ पठाइएको छ । अन्य घाइतेहरुको धादिङ अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताए । अनियन्त्रित भएर ट्रक पल्टिएको प्रहरीले जनाएको छ । उद्धार र थप अनुसन्धानको लागि प्रहरी टोलि घटनास्थलमा खटिरहेका छन् ।













प्रतिक्रिया दिनुहोस्