पाटनको कृष्ण मन्दिरमा भक्तजनको भीड
काठमाडौँ , १४ भदौ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सोमबार बिहानै भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका हुन्।
हिन्दु धर्मकाअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमीका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।
धर्मग्रन्थमा उल्लेख भएअनुसार कृष्ण जन्माष्टमीको दिन पाटनको कृष्ण मन्दिरमा पूजा आराधना गरिने परम्परा रहेको छ । आज को दिनमा भभिभावकले आफ्ना बालबालिकाहरुलाई कृष्णकै जस्तो पोशाकमा सजिएर मन्दिरमा दर्शनका लागि लगिने प्रचलन रहेको छ ।
हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्गे गर्छ । पछिल्लो वर्षहरुमा भने कोरोनाका कारण मन्दिरमा भीड कम भएको थियो ।





प्रतिक्रिया दिनुहोस्