२० बर्षपछि बेलायतले सम्पुर्ण रुपमा छोड्यो अफगानिस्तान
काठमाडौँ , भदौ १३ । बेलायतले अफगानिस्तान छोडेको छ । सम्पूर्ण रुपमा नै बेलायत अफगानिस्तानबाट बाहिरिएको हो । अफगानिस्तानका लागि बेलायतका राजदुत लौरी बैरस्ट्रवसहित सबै बेलायती कर्मचारी र सैनिकले आइतबार अफगानिस्तान छोडेका हुन् ।
बेलायतको आखिरी सैन्य विमानले शनिबार राति काबुलबाट उडान भरेको बेलायतका रक्षामन्त्री बेन वालासले जानकारी दिएका छन् । राजदुत बैरस्ट्रव लण्डन पुगिसकेका छन् भने सेनासहितको विमान केहिबेरमा लण्डन पुग्ने बिबिसीले उल्लेख गरेको छ ।योसंगै पछिल्लो २० बर्षपछि बेलायतले अफगानिस्तानबाट बाहिरिएको हो ।
बेलायती रक्षामन्त्रीले आफ्नो सेनाको अन्तिम विमानले शनिबार राति काबुल छाडेको जानकारी दिएका छन् । पछिल्ला दिनहरुमा बेलायती सेना अफगानिस्तानबाट विदेशी नागरिकहरुको उद्धारमा खटिएका थिए ।
२० वर्षपछि अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले एक् भिडियो सन्देश जारी गरेका छन् । उनले अब अफगानिस्तानमा बेलायती सेना, कूटनीतिज्ञ, कर्मचारी र नागरिक कोही पनि नरहेको जानकारी दिएका छन् । उनले अफगान युद्धमा ज्यान गुमाएका ४५७ जना बेलायती सेनाका परिवारलाई सम्बोधन गर्दै उनीहरुको बलिदानी खेर नजाने बताएका छन् ।
बेलायती सेनाको बहादुरीपूर्ण लडाइँका कारण बेलायतलगायतका पश्चिमा मुलुकमा आतंकवादी आक्रमण नभएको बताएका छन् । उनले बेलायती सेनाले संसारलाई सुरक्षित बनाउन योगदान दिएको बताएका छन् ।
। यसैबीच बेलायतले ८ हजार अफगानी, ५ हजार बेलायती नागरिकसहित १५ हजारको उद्धार गरेको छ ।बेलायती रक्षामन्त्रीले करिब एक हाजर अफगानी र करिब १५० बेलायतीलाई उनीहरुको इच्छा अनुसारनै काबुलमा छोडेको बताएका छन् । पछिल्लो समय यहाँ तालिबानले सत्ता आफ्नो कब्जामा लीएपछि देश छोड्नेको घुँइचो बढेको छ ।
विभिन्न देशले अफगानिस्तान छोडिरहेका छन् । यहाँ डर र त्रास अmझै कायमै रहेको छ । त्यसै गरि अमेरिकाले पनि फेरि आक्रमण गर्ने चेतावनी पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस्