श्रीलंका टापुमा वस्तु चराउन गएका ४० गोठाला फसे, सुरक्षाकर्मीको टोली घटनास्थल तर्फ लाग्यो
काठमाडौं, भदौ १३ । श्रीलंका टापुमा वस्तु चराउन गएका ४० गोठाला फसेका छन् । लगातार परिरहेको वर्षाले पनि उनीहरु अलपत्र परका हुन् । सप्तकोसी नदीमा पानीको बहाव यो बर्षकै उच्च भएको छ ।
यस कारण पनिसप्तकोसीमा आएको बाढिले पश्चिम क्षेत्रमा धार परिवर्तन गर्दा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ को श्रीलंका टापुको गरैयामा गाई बस्तु चराउन गएका गएका ४० जना भन्दा बढि स्थानीय बीच कोसीमा अलपत्र परेका हुन् ।
बराहक्षेत्रको ठाकुरवारी पारी पट्टीको भागमा गाई बस्तू चराउन आएका सर्बसाधारणहरुलाई कोसीमा आएको बाढीका कारण सम्पर्क विहिन भएका छन् । यसका लागि तत्काल स्थानीयले उद्धार गर्न माग गरेका छन् ।
श्रीलंका टापुको सोमवारेको डुडखोला र गरैयामा सप्तकोसीले धार परिवर्तन गरेपछि गोठालो गएका ४० जना सर्बसाधारण सप्कोसीको बीच भागमा अलपत्र परेको बताइएको छ ।
कोठालो गएका सर्बसाधारण कोसीले धार परिवर्तन गरि अलपत्र परेपछी सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, सशस्त्र प्रहरी वल ४ नम्बर गण सुनसरीका प्रमुख माधव प्रसाद पौडेल गोताघोर सहितको सुरक्षाकर्मीको उद्धार टोली लिएर घटनास्थल पुगेको छ ।
ठाकुरवारि पारीपट्टी गोठालो गएकाहरु बीच कोसीमा अलपत्र परेको खबर आएको छ । हामी उद्धारका लागि जादैछौं, सशस्त्र प्रहरी प्रमुख पौडेलले भने । घटनास्थल पुगेपछि एकिन विवरण आउने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्