दाङमा श्रीमतीले गरिन श्रीमानको हँसिया प्रहार गरी हत्या

काठमाडौं भदौ १३ । दाङ जिल्लाको तुलसीपुरमा एक महिलाले हँसिया प्रहार गरेर श्रीमानको हत्या गरेकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका–३ सुन्दर टोल निवासी ५६ बर्षीया देवी कुमारी योगीले आफ्नै श्रीमान् खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घरायसी विवाद हुदा श्रीमानलाई हँसिया​ र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले बताए ।

यता हत्या गर्ने योगीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्