नेपाली राजनीतिमा एउटा चम्किलो सूर्य उदाएको छ : माधव नेपाल
काठमाडौं, भदौं १३ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिमा एउटा चम्किलो सूर्य उदाएको बताएका छन् ।
समाजवादीको संसदीय दलको आइतवार बानेश्वरमा बसेको बैठकलाई सम्बोधनका क्रममा नेता नेपालले यस्तो
बताएका हुन् । उनले भने नेपाली राजनीतिमा एउटा नयाँ तारा उदाएको छ’, ‘एकीकृत सजमावादीको नाममा नयाँ सूर्य उदाएको छ ।साथै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको लामो समयदेखिको संघर्षबाट यो पार्टी जन्मिएकाले जनता माझ स्थापित हुने पनि ठोकुवा गरे ।
पुनर्गठित पार्टी नेकपा एकीकृत समाजवादी बलियो शक्तिका रुपमा उदाएको छ’, उनले भने, ‘हामीले निकै लामो समयदेखि संसद र पार्टी दुवैतिर संघर्ष गरेका थियौं । केपी ओलीजीका गलत व्यक्तिवादी विचार र दृष्टिकोणविरुद्ध संघर्ष गरेका थियौं ।’
आफूहरुले ओलीलाई सुधार्न नसकेको पनि उनको भनाइ रहेको थियो । साथै उनले न्यायएका लागि आफुहरुले लड्नु परेको पनि बताएका छन् । ओलीको अत्याचार धेरै सहेको बताउँदै उनले बजेट बाँडफाँटमा पनि विभेद गरेको आरोप लगाए । ओलीले अध्यक्ष भएदेखि आफुहरुमाथि अन्याय गरिरहेको उनको भनाइ थियो ।















प्रतिक्रिया दिनुहोस्