बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
काठमाडौँ , १३ भदौ । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा , नेपाली कांग्रेसका सभापति ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार भेटवार्ता मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे केन्द्रित छ । प्रधानमन्त्री देउवाले डेढ महिना हुँदा पनि मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्।
कांग्रेसबाट एक राज्यमन्त्री सहित २ मन्त्री र माओवादीबाट २ मन्त्री रहने छन् । अध्यक्ष नेपालले नयाँ पार्टी गठन गर्दै दर्ता गरिसकेकोले अब मन्त्रिपरिषद बिस्तार गर्न लागिएको हो।
कसले कति मन्त्रालय पाउने भन्नेबारे सत्तारूढ दलमा छलफल भइसकेको छैन। सत्तारूढ गठबन्धनमा ५ दल रहे पनि राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने बताइसकेको छ।
कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी , जसपा सरकारमा जाने तयारीमा छन्। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि साउन ३ मा प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए। उनीहरू पनि सरकारमा जाने वा नजाने भन्ने टुंगोमा पुगिसकेका छैनन्।
अध्यक्ष प्रचण्डले शनिबार पनि प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए।















प्रतिक्रिया दिनुहोस्