निर्वाचन आयोगले माधव र महन्थको पार्टी दर्ताको जानकारी संसद सचिवालयलाई पठायो

काठमाडौं, भदौं ११ । निर्वाचन आयोगले बुधबार दर्ता भएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक पार्टी नेपाल दर्ता भएको जानकारी संसद सचिवालयलाई गराएको छ ।

आयोगले आज पत्र पठाउँदै माधवकुमार नेपालको नेतृृत्वमा (एकीकृृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी दर्ता भएको जानकारी दिएको हो ।

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न मिल्ने अध्यादेश जारी गरेसँगै नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएका थिए ।

एकीकृत समाजवादीमा एमालेका ३० सांसद् र लोकतान्त्रिक समाजवादीका लागि जसपाका १४ सांसद्ले हस्ताक्षर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्