‘लाइसेन्स’ परीक्षा सञ्चालन एक साताभित्र गरिने

काठमाडौं, भदौ ११ । कोभिड–१९ का कारण वैशाखदेखि रोकिएको सवारी चालक अनुमतीपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गरिने भएको छ।

यातायात व्यवस्था विभागले यातायात कार्यालयहरुलाई कोभिड स्वास्थ्य सुरक्षा मापदण्डसहित एक साताभित्र चालक अनुमतीपत्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

विभागले बिहान र दिउँसो दुई सिफ्टमा विभाजन गरी परीक्षा सञ्चालन गर्न आग्रह गरेको छ। एक सिफ्टमा ५० जनामात्रै परीक्षार्थी राख्न पाइने छ। यसरी परीक्षा गराउँदा देशभरका यातायात कार्यालयबाट दैनिक चार हजारभन्दा बढीलाई परीक्षामा सामेल गराउन सकिनेछ।

विभागका सूचना अधिकारी लोकनाथ भुसालले लामो समय परीक्षा रोक्दा आवदेन भर्नेको संख्या लाखौं पुगिसकेको बताए। उनले केही समय नयाँ आवेदन फारम रोकेर भएपनि फारम भरिसकेकाहरुको लिखित र प्रयोगात्मक परीक्षा लिन आवश्यक देखिएको जानकारी दिए।

एक साताभित्र कार्यालय खोलिसक्न सबै यातायात कार्यालयलाई आग्रह गरिएको भुसालले बताए। उनका अनुसार हाल ६ लाख आवेदनकर्ता परीक्षाको पखाईमा छन्। लिखित परीक्षा दिएर ट्रायलको पखाईमा दुई हजारभन्दा बढी रहेका छन्। कोरोना संक्रमण बढेपछि बैखाश १६ गतेदेखि लाइसेन्स परीक्षा र ट्रायल बन्द गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्